पोखरामा शंख फुकेर राष्ट्रवादी प्रदर्शन

पाेखरा | बैशाख २८, २०८०

पोखरामा शंख फुकेर राष्ट्रवादी प्रदर्शन

पोखरा:  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले विभिन्न विषयलाई लिएर शंख फुक्दै विरोध प्रदर्शन गरेको छ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रि युवा संगठन कास्कीले आज (बिहीबार) प्रदेश सरकार खारेजीको माग नक्कली भुटानी शरणार्थी प्रकरणसँगै अन्य भ्रष्टाचारका विषयलाई लिएर विरोध प्रदर्शन गरेको हो ।

 

प्रदर्शन पश्चात सुनगाभा न्यूजसँग बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका कास्कीका अध्यक्ष नारायण गुरुङले देशको अर्थतन्त्र कमजोर बनाउनुमा प्रदेश सरकार र भ्रष्टाचार मुख्य कारण रहेको बताए । 

 

‘देशको अर्थतन्त्र कमजोर हुनुमा संघीयता हो यो खारेज हुनुपर्छ, प्रदेश सरकार सेतो हात्ती  जस्तै भएको छ, गुरुङले भने, ‘सेतो हात्ती नपालौ यसले देशको अर्थतन्त्र झन धरापमा राखेको छ ।  त्यसैले प्रदेश खारेज गरिनुपर्छ ।’

 

 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषय जल्दोबल्दो भएकाले दोषी कसैलाई पनि छाड्न नहुने बताए । ‘हामीले हिजोका दिनदेखिनै भन्दै आएका छौ भ्रष्टाचार गर्नु भनेको आमाको दुध खानु जस्तै हो त्यसैले जो कोही पनि भ्रष्टाचार र ठगीमा लिप्त छन भने कारवाही गरिनुपर्छ,’ उनले भने । 

 

पोखराको लखनचोकमा भएको विरोधमा ¥यालीमा प्रदेश सरकार खारेज गर, भ्रष्टाचारीलाई कारवाही गर, लुडाकुको पैसा कसले खायो, गणतन्त्र चाँहिदैन, देश लुट्न पाइँदैन, ३३ केजी सुन काण्ड कता हरायो लगायतका नारासमेत लगाएका थिए । 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्